नेकपा रामेछापले यसरी सम्झियो पुष्पलाललाई (फोटोफिचर)

| साउन ७, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

७ साउन,रामेछाप । पुष्पलाल श्रेष्ठको ४३ औं स्मृती दिवसको अवसरमा स्वर्गीय श्रेष्ठको शालिकमा माल्यार्पण गरेको छ । 

 

कम्युनिष्ट पार्टीका संस्थापक महासिच श्रेष्ठ को आज देशभरी नेपाल कम्युनिष्ट पार्टीले उनको ४३ औ स्मृति दिवस विभिन्न कार्याक्रम गरि मनाउदै छन् । 
पुष्पलालको जन्मथलो रामेछापको हालको रामेछाप नगरपालिका वडा नं ८ स्थित भंगेरीमा रहेको निवासस्थित नेकपा एमाले जिल्ला कमिटीको आयोजना तथा नेकपा एमाले नगर संगठन कमिटी रामेछापको सह-आयोजनामा श्रेष्ठको शालिकमा श्रदाञ्जली तथा पुष्पाञ्जली गरेको हो । 

नेकपा एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेल, नेकपा एमाले जिल्ला पार्टी अध्यक्ष आनन्द श्रेष्ठसहितको अगुवा नेकपा एमालेका नेता कार्यकर्ताकोले श्रेष्ठको शालिकमा पुष्प गुच्छा चढाएर उनलाई स्मरण गरेका छन् । श्रद्धाञ्जी तथा स्मृती दिवसमा सम्बोधन गर्दै नेता ढुङ्गेलले पुष्पलालको चर्चा गरे । 


श्रेष्ठको स्मृती दिवसको अवसरमा अनेरास्वबियू रामेछाप जिल्ला कमिटीले आज दिउँसो ३ बजे रुद्राक्षेस्वर मा.वि मन्थली नगरपालिका ७ मुगिटारमा बृक्षरोपण कार्यक्रमको आयोजना गरेको जानकारी दिएको छ । 

दाजु गंगालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएपछि पुष्पलालमा राणाविरोधी चेतना जागृत भएको थियो । २००६ साल वैशाख १० गते उनले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए। भँगेरीमा १९८१ असार १५ गते जन्मिएका  पुष्पलाल श्रेष्ठको भारत प्रवास रहेकै अवस्थामा २०३५ साल साउन ७ गते निधन भएको थियो ।