पुष्पलालको स्मृतीमा अनेरास्ववियू रामेछापले रोप्यो ३ सय बढी विरुवा

| साउन ७, २०७८ बिहिबार

फाइल फोटो पुष्कर भट्टराईबाट प्राप्त
A A A
A A A

७ साउन,रामेछाप । ४३ औं पुस्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा अनेरास्ववियू रामेछाप जिल्ला कमिटीले बृक्षारोपन कार्यक्रम सम्पन्न गरेको छ । 

 


आज देशब्यापी रुपमा स्वर्गीय श्रेष्ठको समृति दिवस मनाइएको छ । सोही अवसरमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मभूमी रामेछापमा नेपाल कम्युनिष्ट पार्टी एमाले निकट अनेरास्ववियूले रुद्राक्षेस्वर मा.वि मुगिटार विद्यालय परिसरमा विभिन्न प्रजातीका करिब ३ सय भन्दा बढी विरुवाहरु रोपिएको अनेरास्ववियू जिल्ला कमिटीका नेता पुष्कर भट्टाराइले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार नेकपा एमाले केन्द्रीय सदस्य माधब ढुङ्गेलसहितको उपस्थितिमा बृक्षारोपण गरिएको हो ।

 

त्यस्तै नेकपा एमाले रामेछाप जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ , ,पार्टी सचिव पुरुषोत्तम कडरिया, जिल्ला कमिटी सचिवालय सदस्य लब श्रेष्ठ, अनेरास्वबियु केन्द्रीय सदस्यहरु, वडा अध्यक्ष सुदर्शन प्रसाईंलगाएतको उपस्थितिमा विरुवा रोपिएको भट्टराईले रामेछाप टाइम्सलाई बताए ।