सिन्धुपाल्चोकमा करणी गरेर फरार प्रतिवादी ७ वर्षपछि रामेछापमा पक्राउ

| साउन ८, २०७८ शुक्रबार

संकेतिक फोटो
A A A
A A A

८ साउन,रामेछाप । जबरजस्ति करणीमा १० वर्षकैद् सजाय फैसला सुनाएका सिन्धुपाल्चोकका एक पुरुष रामेछापमा पक्राउ परेका छन् ।

 

उनले ७ वर्षअघि महिलालाई जबरजस्ति करण गरी फरार भएका थिए । पक्राउ पर्नेमा सिन्धुपाल्चोक साविकको ठुलो धादिङ गा.बि.स.वडा नं.९ हाल लिसङ्खुपाखर गाउँपालिका वडा नं-१ घर भएका टसी वि.क. छन् ।

 

उनले वास्तविक नाम समेत परिवर्तन गरी राज बि.क.बताउदै रामेछापको मन्थली नगरपालिका वडा नं १ स्थित ग्रिल उधोगमा काम गर्दै आएका थिए । सर्वोव्च अदालतले २०७२ मंसिर ६ गतेको आदेशले १० वर्ष कैद सजाय तोकिएको थियो । 


मन्थली नगरपालिका वडा नं.६ भलुवाजोरमा लुकिछिपि बस्दै आएको प्रेम बहादुर वि.क.का २७ वर्षीय छोरा टसी वि.क.लाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी नीरिक्षण सन्तोष श्रेष्ठको टोलिले मिति शुक्रबार विहान ११ :  ०० बजेको मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरलप सार्वजनिक बाटोमा हिडडुल गरीरहेको अवस्थामा पक्राउ गरिएको रामेछाप प्रहरी जवान सुशिल थापाले जानकारी दिए ।