४० लाख प्रकरणः रत्न नेवार निलम्बित्,सांसद् श्रेष्ठ निर्दोष (विज्ञप्तिसहित)

| साउन ९, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

९ साउन, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी० रामेछापले ४० लाख हिनामिना प्रकरण संलग्न हरेको भन्दै पार्टीका सदस्य रतनबहादुर नेवारलाई पार्टीबाट निलम्बन  गरेको छ । 
गत असार ३ गतेको मिति राखेर जारी गरिएको प्रेस विज्ञप्तिमा नेवार घटनामा संलग्न रहेको पाइएकाले एक वर्षको लागि पार्टीले नगर कमिटी सदस्यबाट निलम्बित  गरेको पार्टी अध्यक्ष मैनकुमार मोक्तानले हस्ताक्षर गरि जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


गत असार ८ गरे जिल्लाको रामेछाप नगरपालिका वडा नं ४ स्थित् रेणुका देवी माध्यमिक विद्यालय रामेछापमा गत आर्थिक वर्ष २०७६र७७ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत प्रतिनिधि सभाका सांसद श्यामकुमार श्रेष्ठको पहलमा ४० लाख रकम विनियोजन गरि काम गरिएको थियो ।

 

उक्त बजेटबाट केही काम गरि रकम सबै हिनामिना भएको भनि राष्ट्रिय मिडियामा समाचार प्रकाशन तथा प्रशारण भएको थियो । उक्त घटना प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्कालीन विद्यालयका अध्यक्ष तथा उपभोक्त समितिमा अध्यक्ष समेत रहेका नेवारलाई पार्टीले कारबाही स्वरुप निलम्बन गरेको हो । 

 

विभिन्न मिडियामा सांसद श्रेष्ठलेको पनि संलग्नता रहेको भनिकोमा पार्टीले  श्रेष्ठको कही कतै संलग्नता नदेखिएको समेत भनेको छ । 

 

घटनाको अहिले पनि अनुसन्धान जारी छ । 

जिल्ला प्रशासन कार्यालय रामेछापले गत असार १८ गते छानबिन समिति गठन गरि समितिले प्रतिवेदन समेत तयार पारेको थियो ।

 

सोही प्रतिवेदनको आधारमा श्रेष्ठ निर्दोष रहको र नेवारको संलग्नता देखिएकाले अनुसन्धानमा सहजता होस् भन्ने उदेश्य उनलाई पार्टीबाट निष्कासन गरेको जारी विज्ञप्तिमा उल्लेख छ । 
यसअघि नेवारलाई पार्टीले स्पष्टीकरण सोधको थियो । तर जवाफ चित्तबुझ्दो नदिएको पनि पार्टीले सार्वजनिक गरेको छ । 

विज्ञप्ति अनुसार