रामेछापमा बत्ति गएर हैरान भएपछि सामूहिक रुपमा प्राधिकरणको कार्यालय घेराउ गर्न पुगे स्थानीयहरु (भिडिओ)

| साउन १०, २०७८ आइतबार

A A A
A A A

१० साउन,रामेछाप । पटक पटक बत्ति गएर हैरान बनाएको भन्दै नेपाल विधुत प्राधिकारणको कार्यालय घेराउ गरिएको छ । ४०र५० जनाको समूहमा पुगेको स्थानीय नागरिक अगुवाहरुको टोलीले आइतबार प्राधिकरणको कार्यालय पुगेको हो । उनीहरुले प्राधिकरणको लापर्वाहिले बिजुली आपूर्तीमा समस्या भएको भन्दै तत्काल समस्या समाधान गर्ने प्राधिकरणलाई ध्यानाकर्षण गरेका छन् । 


मन्थली देवकोटा चोकमा जम्मा भएर पुगेको सो टोलीले समस्या समाधान् तत्काल गर्न भन्दै प्राधिकरण प्रशासनलाई आग्रह गरेको छ । 


सामूहिक रुपमा पुगेको टोलीले प्राधिकरण समक्ष समस्या सुनाएका राखेका थिए । उनीहरुले विधुत आपूर्तीमा समस्या भएकै कारण आफ्नो बालबालिका पठनपाठनमा समस्या भोग्नु परेको, व्यवसायिक रुपमा घाटा ब्यहोर्नु परेको, विधुतीय सामाग्रीहरुनै बिग्रिन थालेको लगाएतका समस्या राखेका थिए । 

 

कोरोना महामारीका कारण भौतिक रुपमा उपस्थित भएर पठनपाठन गर्न नसक्ने स्थिति सृजना भएपछि गत वैशाख १३ देखि देशभरका विद्यालय अन्लाईनको माध्यमबाट पठनपाठन गरिरहेका छन् । आइतबारदेखि त्रिभुवन विश्वविद्यालयले रोकिएका सबै परीक्षा पनि सुरु गरेको छ । जसको असर बत्ति नहुदा ती विद्यार्थीलाई परेको छ ।

 

सामूहिक रुपमा टोली पुग्दा प्राधिकरणका शाखा प्रमुख कृष्णहरि दाहाल भने त्यहाँ थिएनन् । उनी प्राधिकरणको कामले गर्दा काठमाडौं गएको दाहालले रामेछाप टाइम्ससंग भने । 

उनले भने 'म प्राधिकरणकै कामले यहाँ आएको हो । समस्या दोलखाबाट आउने र सिन्धुली ढल्केवार हुदै भित्रिएको दुई तर्फको लाइनमा भएकाले समस्या आएको हो । दोलखा तर्फको भन्दा सिन्धुली तर्फको बत्तिमा समस्या रहेको छ  ।'

उनले 


जिल्लामा वर्खायाम सुरु भएयता दिनमा ५० पटक भन्दा बढी बत्ति आउने जाने समस्या हुदै आएको छ । यस्तो समस्याले उपभोक्ताहरु दिक्दार बनेका छन् ।

 

विभिन्न पार्टीका भातृ संस्था मानवअधिकार संजाल लगाएतले प्राधिकरणको यस्तो समस्या प्रति ध्यानाकर्षण गराउदै समस्या समाधानर गर्ने भनेका छन् । तर, प्राधिकरणले महिनौ बित्न लागिसक्दा पनि समस्या हल गर्ने सकेको छैन् । यसको चौतर्फि आलोचन सुरु भएको छ । 


सामूहिक रुपको गुनासो सुनेपछि प्राधिकरणका कर्मचारीहरुले यहाँको समस्या हल गर्न भन्दै माथिल्लो निकायमा टेलिफोन गरेर सुनाएका थिए । माथिल्लो निकाय, जिल्ला शाखा लगाएतले समस्या समाधानमा भूमिका खेल्ने र चाँडा समाधान गर्ने सहमित गरेर टोली फिर्ता भएको छ । 

यो पनि पढ्नुहोस्

अनेरास्ववियू रामेछापले बुझायो नेपाल बिधुत प्राधिकरणलाई ध्यानाकर्षण पत्रः कांग्रेसले ११ गते धर्ना दिने (सूचना)

मानवअधिकार संजाल रामेछापकाे विधुत प्राधिकरणलाई प्रश्न बत्ती किन यति धेरै गएकोः जवाफ यस्तो (भिडिओ)

 

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार