रामेछापमा बत्ति गएर हैरान भएपछि सामूहिक रुपमा प्राधिकरणको कार्यालय घेराउ गर्न पुगे स्थानीयहरु (भिडिओ)

| साउन १०, २०७८ आइतबार

A A A
A A A

१० साउन,रामेछाप । पटक पटक बत्ति गएर हैरान बनाएको भन्दै नेपाल विधुत प्राधिकारणको कार्यालय घेराउ गरिएको छ । ४०र५० जनाको समूहमा पुगेको स्थानीय नागरिक अगुवाहरुको टोलीले आइतबार प्राधिकरणको कार्यालय पुगेको हो । उनीहरुले प्राधिकरणको लापर्वाहिले बिजुली आपूर्तीमा समस्या भएको भन्दै तत्काल समस्या समाधान गर्ने प्राधिकरणलाई ध्यानाकर्षण गरेका छन् । 


मन्थली देवकोटा चोकमा जम्मा भएर पुगेको सो टोलीले समस्या समाधान् तत्काल गर्न भन्दै प्राधिकरण प्रशासनलाई आग्रह गरेको छ । 


सामूहिक रुपमा पुगेको टोलीले प्राधिकरण समक्ष समस्या सुनाएका राखेका थिए । उनीहरुले विधुत आपूर्तीमा समस्या भएकै कारण आफ्नो बालबालिका पठनपाठनमा समस्या भोग्नु परेको, व्यवसायिक रुपमा घाटा ब्यहोर्नु परेको, विधुतीय सामाग्रीहरुनै बिग्रिन थालेको लगाएतका समस्या राखेका थिए । 

 

कोरोना महामारीका कारण भौतिक रुपमा उपस्थित भएर पठनपाठन गर्न नसक्ने स्थिति सृजना भएपछि गत वैशाख १३ देखि देशभरका विद्यालय अन्लाईनको माध्यमबाट पठनपाठन गरिरहेका छन् । आइतबारदेखि त्रिभुवन विश्वविद्यालयले रोकिएका सबै परीक्षा पनि सुरु गरेको छ । जसको असर बत्ति नहुदा ती विद्यार्थीलाई परेको छ ।

 

सामूहिक रुपमा टोली पुग्दा प्राधिकरणका शाखा प्रमुख कृष्णहरि दाहाल भने त्यहाँ थिएनन् । उनी प्राधिकरणको कामले गर्दा काठमाडौं गएको दाहालले रामेछाप टाइम्ससंग भने । 

उनले भने 'म प्राधिकरणकै कामले यहाँ आएको हो । समस्या दोलखाबाट आउने र सिन्धुली ढल्केवार हुदै भित्रिएको दुई तर्फको लाइनमा भएकाले समस्या आएको हो । दोलखा तर्फको भन्दा सिन्धुली तर्फको बत्तिमा समस्या रहेको छ  ।'

उनले 


जिल्लामा वर्खायाम सुरु भएयता दिनमा ५० पटक भन्दा बढी बत्ति आउने जाने समस्या हुदै आएको छ । यस्तो समस्याले उपभोक्ताहरु दिक्दार बनेका छन् ।

 

विभिन्न पार्टीका भातृ संस्था मानवअधिकार संजाल लगाएतले प्राधिकरणको यस्तो समस्या प्रति ध्यानाकर्षण गराउदै समस्या समाधानर गर्ने भनेका छन् । तर, प्राधिकरणले महिनौ बित्न लागिसक्दा पनि समस्या हल गर्ने सकेको छैन् । यसको चौतर्फि आलोचन सुरु भएको छ । 


सामूहिक रुपको गुनासो सुनेपछि प्राधिकरणका कर्मचारीहरुले यहाँको समस्या हल गर्न भन्दै माथिल्लो निकायमा टेलिफोन गरेर सुनाएका थिए । माथिल्लो निकाय, जिल्ला शाखा लगाएतले समस्या समाधानमा भूमिका खेल्ने र चाँडा समाधान गर्ने सहमित गरेर टोली फिर्ता भएको छ । 

यो पनि पढ्नुहोस्

अनेरास्ववियू रामेछापले बुझायो नेपाल बिधुत प्राधिकरणलाई ध्यानाकर्षण पत्रः कांग्रेसले ११ गते धर्ना दिने (सूचना)

मानवअधिकार संजाल रामेछापकाे विधुत प्राधिकरणलाई प्रश्न बत्ती किन यति धेरै गएकोः जवाफ यस्तो (भिडिओ)