ट्याक्टरको ढालाबाट खसेर खिम्ती खोलामा ११ वर्षीय बालक बेपत्ता

| साउन १०, २०७८ आइतबार

संकेतिक फोटो फाइल
A A A
A A A

१० साउन,रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकास्थित खिम्ती खोलामा एक बालक बेपत्ता भएका छन् ।

 

ट्याक्टरको पछाडि बसेर गोकुल गंगा गाउँपालिका तर्फ जादै गरेका ११ वर्षीय बालक मिलन तामाङ् बेपत्ता भएको स्रोतले जनाएको छ ।

 

 

खिम्तीबाट पालिकाको फर्पु तर्फ जादै गरेको ना ३ च ६६२९ नम्बरको ट्याक्टरबाट बालक खेसेका थिए । उनी खिम्ती बजारबाट करिव २ सय मिटर अगाडी स्थित खोलामा खसेर बेपत्ता भएको हुन् । उनी बिहान अन्दाजी ११ बजेको समयदेखि बेपत्ता भएका हुन् । 

 

ती बालक चालकले थाहानै नपाई ट्याक्टरको पछि चडेको बताइएको छ । ट्याक्टरको ढालाबाट खसेको स्थानीहरुले देखेका थिए ।

 बेपत्ता बालकको खोजिकार्या भैरहेको छ ।