आरम्भ लघुवित्त शाखा रामेछापले प्रदान गर्यो बिमा बापतको मृत्यु दाबी रकम

| साउन ११, २०७८ सोमबार

फाइल फोटो/रामेछाप टाइम्स
A A A
A A A

११ साउन, रामेछाप । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेड्ले बिमा बापतको मृत्यु दाबी रकम भुक्तानी गरेको छ । 


संस्थाका सदस्य चिनीमायाँ सार्कीनीका श्रीमान छदे सार्कीको निधन भएर दुखमा परेको परिवारलाई संस्थाले सोमबार (आज) नगद सहयोग गरेको शाखा प्रमुख दिपक श्रेष्ठले रामेछाप टाइम्ससग बताए । उनका अनुसार मन्थली नगरपालिका वडा नं ५ सुनारपानीस्थित पीडितको घरमै पुगेर संस्थाले नगद १२ हजार सहयोग गरेको हो । 


२०७३ साल जेठ १९ गते ६५ औ शाखाको रुपमा जिल्ला शाखा रामेछाप (मन्थली) मा आफ्नो शाखा विस्तार गरेको आरम्भले हालसम्म ७ सय ४३ जना सदस्यता बनाउन सफल भएको शाखा प्रमुख श्रेष्ठले बताए ।


उनले–'भने हामी निरन्तर सेवामा लागेका छौं, विना धितो पनि ऋणको ब्यवस्था रहेकाले नागरिकहरुलाई हाम्रो सेवामा विश्वास् बढ्दै गएको छ । हामी ब्यवसायीक बन्न चहाने जोकोहीलाई पनि गरिब, बिपन्न परिवारलाई समूह बनाए बिना धितो ऋण उपलब्ध गराउदै आएका छौं ।'

तस्विर शाखा प्रमुख दिपक श्रेष्ठ/मिलन घिमिरे रामेछाप टाइम्स


उनका अनुसार राष्ट्र बैंकको अनुमतिमा ५ लाखसम्म विना धिरो र ५ लाखदेखि १५ लाख सम्म धितो राखेर ऋणदिने ब्यवस्था रहेको छ । 


महिला र बिपन्न वर्गलाई संस्थाले पहिलो प्राथामिकता दिदै आएको छ ।  संस्थाले हाल शाखा कार्यालयबाट ३ करोड बढीको कारोबार गरिरहेको श्रेष्ठले सुनाए । 

 

सोमबार श्रीमान गुमाएर जीवन गुजार गर्न समस्यामा परेको सार्कीको परिवारलाई नगद् बुझाउदा आफूलाई गरिबीमा मलम लगाउने काम गर्ने पाएको भन्दै शाखा प्रमुख श्रेष्ठले खुसी ब्यक्त गरे ।