मनसुन सक्रियः सचेत हुन जिल्ला बासीमा रामेछाप प्रहरीको आग्रह,

| साउन १२, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

१२ साउन,रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले मनसुन सक्रिय भएको भन्दै सचेत हुने जिल्ला बासीमा आग्रह गरेको छ । आज एक ध्यानाकर्षण जारी गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापले यो अवधिभर बाढी, डुवान र पहिरोका कारण जोखिम युक्त स्थानहरुमा विशेष सावधानी अपनाएर बस्न सचेत गराएको हो । साथै उच्च जोखिममा रहेका बस्तीहरुको पहिचान गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न समेत जिल्ला प्रहरीले भनेको छ । 

 


साथै त्यस्ता स्थानहरुको बारेमा सरोकारवाला निकायहरुसंग समन्वय गरि जिल्ला प्रहरी कार्यालयमा समेत सम्पर्कमा बस्ने आग्रह गरेको छ । मौसम सम्बन्धी थप जानकारीको लागि जल तथा मौसम विभागको सूचना समेर जानकारी लिन आग्रह गरेको छ । 


महाशाखाले आज पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार आज दिउँसो प्रदेश(१, वाग्मती र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । 

 


यस्तै, राति प्रदेश-१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन्।  भोलि पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।


यो वर्षको मनसुनको मध्यसम्म तिर आइपुग्दा नेपालमा सरदर भन्दा धेरै वर्षा भएको मौसमविद् मञ्जु बासीले जानकारी दिएका छिन् । उनकअनुसार दुई महिना जुन र जुलाईमा नै नेपालमा सरदर वर्षा भइसकेको छ । नेपालमा सबैभन्दा धेरै लुम्लेमा वर्षा हुन्छ भने हुम्ला र जुम्लामा सबैभन्दा कम वर्षा हुन्छ । 

 


बाढी पहिरोलगायत प्राकृतिक विपदमा परेर गएको वैशाख १ गतेदेखि अहिलेसम्म १ सय ७ जनाको ज्यान गएको गृह मन्त्रालयको तथ्याङ्क छ । पहिरोमा ३३ जना, बाढीमा २७, डुबानमा ८, चट्याङ्ग लागेर ३८ र हावाहुरीका कारण एक जनाको ज्यान गएको  छ ।