भीमेश्वरमा सुमो दुर्घटनामा परि सात जना घाइते

| साउन १२, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

१२ साउन,रामेछाप । दोलखाको भीमेश्वर नगरपालिकामा सुमो दुर्घटनामा परि ७ जना घाइते भएका छन् ।

 

नगरको वडा नं ५ स्थिर जरेपानीमा सुमो दुर्घटनामा परेको हो ।  चरिकोटबाट तामाकोशी गाउँपालिका तर्फ हिडेको न १ ज ७१८० नम्बरको अरानिको टाटासुमो दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 

 


सुमोमा ९ जना सवार रहेको बताइएको छ ।

 

बिहान अन्दाजी १० बजे सुमो दुर्घटनमा परेको दोलखाका प्रहरी प्रवक्त प्रहरी निरिक्षक अञ्जन कोइरालाले जानकारी दिए । उनका अनुसार घाइेतहरुको चरिकोट अस्पतालमा उपचार भईरहेको छ ।

दुर्घटनमा के कारणले भयो भन्नु खुलेको छैन् । 


घटनाको विस्तृत विवरण आउन बाँकी छ ।