कांग्रेसमा दलित समुदायको समूहलाई स्थान दिन मीन विश्वकर्माको आग्रह
फाइल फोटो
१३ साउन,रामेछाप । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मीन विश्वकर्माले पार्टीमा दलित समुदायको स्थानलाई थप बढवा दिनु पर्ने बताएका छन् ।
१४ औं महाधिवेशनमा नेपाली कांग्रेसको क्रियाशिल सदस्यता ८ लाख ५२ हजार ५ सय १७ जनाको तथ्याङ्क सार्वजनिक गर्दै विश्वकर्माले पार्टीमा दलित, महिला, थारु र मुस्लिम समुदायको क्रियाशिल सदस्यता सख्या अझै न्यून देखिएको भनेका छन् । उनले यसबाट पाठ सिकेर आगामी दिनमा महत्वका साथ सुधारको नीति लिन समेत उनले आग्रह गरेका हुन् ।
कांग्रेसले आसन्न १४ औं महाधिवेशन सम्म आइपुग्दै ४५ हजार ४ सय १७ जना ५.१८ प्रतिशत दलित क्रियाशिल सदस्या पुगेका छन् । भने कांग्रेसमा अल्पसंख्याक क्रियाशिल ६ हजार ८ सय २९ र अपांगता भएकाको संख्या २०१ जना पुगेको छ ।
हालसम्म ४१.७८ प्रतिशत खस आर्यको बाहुल्यता रहेको तथ्याङ्कले देखाएको छ । कांग्रेसले ७४.२६ प्रतिशत पुरुष र २२.६२ प्रतिशत महिलालाई क्रियाशिलता प्रदान गरेको छ ।
तथ्याङ्क हेर्नुहोस्

