राकाथुममा बिधुवा महिलालाई घरमा एक्लै भएको मौका छोपी करणीको प्रयास गर्ने श्रेष्ठ पक्राउ
आठ वटा स्थानीय तहमा दैनिक एक वटा करणीका घट्ना
संकेतिक तस्विर
चैत ३०,
रामेछाप । रामेछाप जिल्लामा जबरजस्ती करणीका घट्ना दिनानू दिन बढ्दै गएको छ । जिल्लाका आठ वटा स्थानीय तहमा दैनिक एक वटा करणीका घट्ना घट्न थालेका छन् ।
खाँडादेवी गाउँपालिकाको साबिक राकाथुम गाविस वडा नं ४ हाल खाँडादेवी गाँउपालिका वडा नं १ धारापानीकी एक महिलामाथि करणीको प्रयास भएको छ । सो ठाउँका अन्दाजी ५० वर्षीय तेज बहादुर श्रेष्ठले बिधवा महिला ९नामनखुलाईएकी० लाई उनीकी छोरीहरु छिमेकिको घरमा गएको बेलामा मौका छोपी घरभित्र चामल केलाई बसिरहेकी महिलामाथि करणीको प्रयास भएको छ । श्रेष्ठले ती महिलालाई हात्पात गर्न नदिएमा ज्याननै खतम पारिदिन्छु भनेर धम्की दिएका छन् ।
करणीको प्रयास गर्दा ती महिलाले हारगुहार माग्न खोज्दा श्रेष्ठले मुख थुनी कराइस भने तेरो ज्यान लिन्छु भनेका हुन् । उनलाई रामेछाप प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको प्रहरी प्रवक्ता श्रीशंकर श्रेष्ठले बताए । उनलाई आइतबार पक्राउ गरिएको हो । आइतबारमात्रै दोरम्बा गाउँपालिकामा पनि ५९ वर्षीय महिलालाई करणीको प्रयास भएको थियो ।
