लिखु तामाकोशीबाटः ३ वर्ष बढी कैद फैसलापछि फरार रहेका बालकलाई पक्राउ गरि बाल सुधार गृह पठाइयो

| साउन १४, २०७८ बिहिबार

संकेतिक तस्विर
A A A
A A A

१४ साउन,रामेछाप । कैद फैसलापछि फरार रहेका एक बालकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले नियन्त्रणमा लिएर कार्वाहीको लागि बाल सुधार गृह पठाएको छ ।

 

उनलाई गत मंगलबार जिल्ला प्रहरी कार्यालय रामेछाप र ईलाका प्रहरी चौकी धोबीको समन्वयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका एक अधिकारीले रामेछाप टाइम्सलाई जानकारी दिए । 


उनका अनुसार पक्राउ परेका ती बालकको नाम ठेगाना सार्वजनिक गरिएको छैन् ।  


ती बालकलाई डांकाचोरी कसुरमा जिल्ला अदालत रामेछापले ३ वर्ष ५ महिना ७ दिन कैद् तोकेको थियो । साथै ३५ हजार नगर जरिवाना समेत सुनाएको थियो ।

 

सो फैसला लगत्तै फरार बालकलाई लुकिछिपि बस्दै आएको सूचनाको आधारमा जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको कार्यालय समेत रहेको धोबी बजारबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका एक अधिकारीले रामेछाप टाइम्ससंग भने ।  


स्रोतले भन्यो यहाँबाट प्रहरी नीरिक्षक सन्तोष श्रेष्ठको नेत्त्रत्वमा खटिएको प्रहरी कमाण्ड सहितको टोलीले र धोबी चौकीका प्रहरी साथिहरको सहयोगमा ती बालकलाई नियन्त्रणमा लिएका हौं, उनलाई जिल्ला अदालतबाट बाँकि कैद भुक्तानीको लागि बाल सुधार गृह पठाउन आदेश भएको छ ।