जिल्ला ट्राफिक प्रहरीले एक आर्थिक वर्षमा झण्डै डेढ करोड राजस्व उठायो ( विवरणसहित)

| साउन १४, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

१४ साउन,रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले गत आर्थिक वर्षमा झण्डै डेढ करोड राजस्व संकलन गरेको छ ।  कोरोना महामारीकाबीच जारी बन्दाबन्दीकाबीच पनि यती धेरै राजस्वा संकलन् भएको हो । 


गत आर्थिक वर्ष २०७७/०७८ मा विभिन्न ट्राफिक नियम उल्लङ्घन् गर्ने सवारी साधानलाई कारवाही गरि एक करोड ४८ लाख ८२ हजार राजस्व संकलन् गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए ।  


यसरी कारबाहीमा पर्नेमा मापसे सेवा गर्नेदेखि लिएर हेल्मेट् नलगाई यात्रा गर्ने सम्म छन् । 

 

प्रहरीले दिएको जानकारी अनुसार मापसे सेवा गरेर मात्रै सवारी साधन चालउने ९३ वाट सवारी कारबाहीमा परेका छन् । 

त्यस्तै पहाडी भूगोल भएको रामेछापमा छतमा यात्रु राखेर सवारी संचालन् गर्ने ७ सय २४ वटा सवारी कारबाहीमा परेका छन् । भने ओभरलोड बोक्ने एक हजार ८ सय ४८ वटा सवारी कारबाहीमा परेका छन् । 


त्यस्तै सिट बेल्ट, हेल्मेट नलगाएका ७ सय ४० वटा, कागज पत्र साथमा नबोक्ने ३ हजार ८६ जना, सवारी चालक अनुमति पत्र नभएका २ हजार ९ सय ६ जना, सवारी साधनको बत्तीको अबस्था बिग्रीएको भएपनि संचलान् गर्ने ६ सय ५४ वटा, रुट परमिट नभएका १ हजार ३ सय ४४ वटा , सिट क्षमता भन्दा बडि यात्रु बोक्ने १ हजार ११ जना, प्रयोजन बिपरीत १ हजार ३ सय ९२ वटा र तिब्र गतीमा सवारी चलाउने ४ सय ४२ वटा सवारी साधन कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले रामेछाप टाइम्सलाई जानकारी दिए ।  
त्यस्तै अन्य प्रायोजनको लागि समेत ७ सय ५० वटा सवारी कारबाहीमा परेका छन् । 


यसरी कारबाहीमा पर्नेमा कार, बस, जिप, भ्यान्, ट्रक, ट्याक्टर, मोटरसाइकल रहेका छन् ।

 

ट्राफिकले सवारी चालकहरुलाई सहजता होस् भनेर विभिन्न ट्राफिक नियमको बारेमा सूचना, होडिङ् बोर्ड, लगाएका सचेत हुने प्रणालीको विकास् गर्दा पनि सवारी चालकको लापर्बाहीले गर्दा साना तीन कानुन बिपरित् काम भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको भनाई छ । 

तथ्याङ्क हेर्नुहोस्