अबैध रुपमा नदी जन्य सामाग्री ओसारपसार गर्ने सवारी कारबाहीमाः एक लाख ५० हजार बढी जरिवाना

| साउन १४, २०७८ बिहिबार

संकेतिक फोटो
A A A
A A A

१४ साउन,रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले गत आर्थिक वर्ष २०७७÷०७८ मा नदीजन्य पदार्थ अबैध रुपमा ओसारपसार गर्ने सवारीलाई कारबाही गरि एक लाख ५० हजार बढी राजस्व संकलन गरेको छ । 

 

जिल्ला प्रहरी कार्यालय रामेछापले दिएको जनाकारी अनुसार ट्याक्टर, मिनिट्रक, जेसिबी, टिफरलाई अबैध रुपमा विभिन्न  स्थानीय तहका नदीबाट नदीजन्य पदार्थ उत्खनन् गरि ओसारपसार गरेको आरोपमा २१ वटा ट्याक्टरलाई कारबाही गर्दा ९७ हजार, मिनिट्रक ३ वटा करवाही गर्दा १५ हजार, टिफर २ वटालाई कारबाही गर्दा १० हजार, जेसिबी ७ वटा कारबाही गर्दा ३५ हजार गरि कूल १ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन् गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए । 

 

उनका अनुसार एक आर्थिक वर्षमा जिल्लामा गैरकानुनी रुपमा नदी जन्य पदार्थ  ओसारपसार गरेर कारबाहीमा परेका थिए । 

विवरण हेर्नुहोस्