सुनापतिबाटः जबरजस्ति करणीमा १२ वर्ष बढी कैद् फैसलापछि फरार बालक पक्राउ

| साउन १४, २०७८ बिहिबार

संकेतिक फोटो
A A A
A A A

१४ साउन, रामेछाप । जबरजस्ति करणीमा १२ वर्ष ६ महिना कैद फैसलापछि फरार रहेका बालक पक्राउ परेका छन् ।

 

उनलाई बिहिबार जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी नीरिक्षण सन्तोष श्रेष्ठसहितको टोलीले विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 


पक्राउ परेका बालक सुनापति गाउँपालिका वडा १ स्थित धारापानीका हुन् । उनीमाथि जिल्ला अदालत रामेछापबाट १२ वर्ष ६ महिना  कैद तोकिएको थियो । 


उनको नाम सार्वजनिक गरिएको छैन ।


बिहिबार पक्राउ परेका बालकलाई आबश्यक कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय रामेछाप ल्याइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए । 

गत बुधबार मात्रै जिल्लाको लिंखु तामाकोशी गाउँपालिकाबाट पनि एक फरार कैद बालक पक्राउ परेका थिए ।