भंगेरीमा पहिराे खस्दा मन्थली-रामेछाप बजार जाेड्ने सडक पूर्णरूपमा बन्दः खुलाउने काम हुदै

| साउन १५, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

१५ साउन,रामेछाप  । अबिरल वर्षासंगै खसेकाे पहिराेले मन्थली रामेछाप सडक बन्द भएको छ । गएराति अन्दाजी १२ बजेकाे मसयमा पहिरा खस्दा सदरमुकाम मन्थली जाेड्ने सडक पूर्णरूपमा अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। 


बाटाे खुलाउन तथ्यांक यसतर्फ जाने तयारी भैरहेकाे जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । 

उनका अनुसार रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार भन्द तल भंगेरी स्थित् सडकमा माथिबाट बाँसको बुट्टासहितकाे पहिराे खसेकाले सडकअबरुद्ध भएको हाे । 

पहिराे खसेपछि ३-४ वटा साना गाडीहरु राेकिएकाे उनले बताए  । बाटाे तत्काल खुलाउने प्रयासमा आफूहरु सबैसंग समन्वय गरिरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।