गेलुबाट अबैध रुपमा सिसौको काठ ट्यक्टरमा मन्थली ल्याउदै गर्दै ट्याक्टरसहित दुई जना पक्राउ

| बैशाख २, २०७८ बिहिबार

फाइल रामेछाप प्रहरीबाट प्राप्त
A A A
A A A

वैशाख २, मन्थली : रामेछापको मन्थली नगरपालिका ११ मा अबैध रुपमा ल्याउदै गरेको सिसौको काठ  प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार मन्थली ११ पुन्थली भन्ने स्थानबाट मन्थली तर्फ आउंदै गरेको ज।१ त ८०२५ नम्बरको  ट्याक्टरमा अवैध रुपमा ल्याउदै गरेको अवस्थामा कठ नियन्त्रणमा लिएको रामेछाप जिल्ला प्रहरीका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए । उनका अनुसार सिसौ जातको (२० थान काठ अबैध रुपमा ल्याउंदै गर्दा ट्याक्टर चालक राम बहादुर श्रेष्ठ र अबैध काठ ढुवानी गर्ने  चेतमान सार्कीलाई पनि पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको हो । 

पक्राउ परेका दुवै जनालाई आबश्यक अनुसन्धान पश्चात डिभिजन वन कार्यालय बुझाइने प्रहरीको भनाई छ ।  

Image