जमिन भासिदै ठाउँ ठाउँबाट पानी निस्किन र पहिरो जान थालेपछि गेलुका १० घरपरिवार बिस्थापितः घर छोडेर आफन्तकोमा बास (भिडिओ)

| साउन १५, २०७८ शुक्रबार

A A A
A A A

१५ साउन,रामेछाप । चारै तिरबाट जमिन चर्किएको र जमिन मुनीबाट पानी ठाउँ-ठाउँबाट निस्किन थालेपछि गेलुका १० घरपरिवार विचल्लिमा परेका छन् ।

 

बुधबार र बिहिबार दुई दिन निरन्तर परेको वर्षाले घरमाथिबाट आउन थालेको पहिरोले ५ घर परिवार आफन्तकोमा बास बस्न थालेको स्थानीय युवा मनोज बुढाथोकीले रामेछाप टाइम्सलाई जानकारी दिए । 


उनका अनुसार ३०-३५ घरधुरी रहेको मन्थली नगरपालिका वडा नं ११ गेलु,नाटिला खमारेका ५ घर उच्च पहिरोको उच्च जोखिम्म परेका हुन् । "अहिले दुई घरका परिवारले भने घर छाडिसकेका छन् । दिन भरि काम गर्नु हुन्छ राति भने आफ्नता पर्नेहरुकोमा बास बस्न थाल्नु भएको मनोजले रामेछाप टाइम्ससंग भने ।"


स्थानीय हाम्बहादुर बुढाथोकी र राम बहादुर बुढाथोकीको घर भने उच्च जोखिम्म परेको उनले बताए । 


बुढाथोकीका अनुसार केही दिन देखि परेको अबिरल बर्षाका कारण बस्तिनै जोखिम्म परेपनि कसैले पीडितको गुनासो नसुनेको गुनासो गरे ।

 

बस्तिमाथि बाट पनि पहिरो बग्न थालेको र वरपर ३-४ सय मिटरसम्म जमिन भासिन थालेको, माथिबाट पहिरो बग्न थालेको, जमिन मुनिबाट पानी निस्किन थालेकाले समस्या भएको उनले सुनाए ।