हात्तीटारमा गएको पहिरो हटाएसंगै मन्थली-सेलेघाट सडक दुई तर्फि खुल्यो

| साउन १५, २०७८ शुक्रबार

A A A
A A A

१५ साउन,रामेछाप । गएराति अबिरल वर्षासंगै खसेको पहिरोले दुई तर्फि रोकिएको मन्थली सेलेघाट सडक संचालनमा आएको छ । 

 

तीन वटा जेसिबीले बिहानै देखि पहिरो पन्छाएसंगै दुई तर्फि सडक संचालनमा आएको रामेछाप सहयोगी मन (रासम) का सदस्या विश्वास श्रेष्ठले जानकारी दिए ।

 

 

उनका अनुसार अहिले सेलेघाट हुदै मन्थली भित्रने र मन्थलीबाट सेलेघाट तर्फ दुई तरिका सवारी साधन गन्तव्य तर्फ लागेका छन् । 

 

आज बिहानैदेखि मन्थली नगरपालिकाको सहयोगमा, जिल्ला प्रहरी कार्यालय रामेछाप र रासमको टिमले सडक खुलाउने काम गरेका थिए ।  गएराति अन्दाजी १० ३० बजे मन्थली नगरपालिका हात्तीटारमा पहिरो खस्दा सडक अबरुद्ध भएको थियो । 

सम्बन्धित समाचार-हात्तीटारमा गएकाे पहिराे पन्छाउन टाेली परिचालनः चाँडै बाटाे खुल्ने