भंगेरीमा खसेको पहिरो हटाइयोः सडक संचालनमा

| साउन १५, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

१५ साउन,रामेछाप । रामेछापको भंगेरीमा गएराति देखि अबरुद्ध भएको बाटो खुलेको छ ।

 

नेपाली सेना, नेपाल प्रहरीको टोलीले सडकमा खसेको बाँसको झ्याङ्सहितको पहिरो पन्छाएसंगै सकड दुई तर्फि संचालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

गएराति अन्दाजी १२ बजेको समयमा भिषण वर्षासंगै सडक माथिबाट पहिरो खस्दा मन्थली रामेछाप जोड्ने सकड रामेछाप नगरपालिका वडा नं ८ भंग्रेरीमा अबरुद्ध भएको थियो । 

 

शुक्रबार बिहानैदेखि पहिरो हटाएसंगै बाटो खुलेको र सवारी साधान गन्तब्य तिर जानथालेको प्रहरी निरिक्षक श्रेष्ठले बताए ।