खाँडादेवीका १९ घरपरिवार पहिरोको उच्च जोखिम्माः २ घर पुरियो

| साउन १५, २०७८ शुक्रबार

फाइल फोटो संकेतिक
A A A
A A A

१५ साउन,रामेछाप । खाँडादेवी गाउँपालिका वडा ७ खाँडादेवका १९ घरपरिवार पहिरोको उच्च जोखिम्ममा परेका छन् ।

 

केही दिनदेखिको निरन्तरको वर्षाले क्षेती पुर्याउदा गाउँको एउटा टोलनै जोखिम्ममा परेको स्थानीयहरुले बताएका छन् । 

 

 

त्यहाँ दुई घर पहिरोले पुरिएको र प्रहरी चौकी गाल्वाबाट प्रहरीको टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

 

उनले भने हामीलाई जानकारीमा आएअनुसार १९ घर पहिरोको उच्च जोखिम्म राहेको खबर आएको छ । गाल्वाबाट प्रहरी टोली परिचालित् भएको छ ।

 

त्यस्तै मन्थली नगरपालिका वडा नं १३ र १४ जोड्ने सडकमा गएराति पहिरोले अबरुद्ध बनाउदा जेसिबिले सडकको पहिरो पन्छाउने काम भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।