कोरोना संक्रमणबाट रामेछापकी एक महिलाको मृत्यु

| साउन १५, २०७८ शुक्रबार

संकेतिक फोटो
A A A
A A A

१५ साउन,रामेछाप । रामेछापकी एक महिलाको काेराेना भाइरस संक्रमणबाट ज्यान गएकाे छ ।

 

उनकाे काठमाडौ स्थित एक अस्पतालमा उपचारको क्रममा ज्यान गएकाे जिल्ला अस्पताल रामेछापले जानकारी दिएको छ ।

 

 

ज्यान गुमाउनेमा रामेछाप नगरपालिका वडा न ७ कि ५७ वर्षीय श्रीमायाँ थिङ छिन् ।

 

उनको उपचारको क्रम्म मृत्यु भएको हो । 

 

योसंगै जिल्लाको कोरोना भाइरस संक्रमणबाट ज्यान् गुमाउनेको संख्या २२ जना पुगेको छ ।