असार र साउन १५ ले कृषकहरुको जिवनमा कृषि क्रान्ति ल्याउनु पर्ने- ढुङ्गेल

| साउन १५, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

१५ साउन,रामेछाप । नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति ध्रुवहरि ढुङ्गेलले असार र साउन १५ ले कृषकाहरुको जिवनमा क्रान्ति ल्याउनु पर्ने बताएका छन् । नेपाली संस्कार र संस्कृतिलाई मनाउने कांग्रेस सबैधर्ममा आस्था राख्ने पार्टी भएको भन्दै कांग्रेसले सबैधर्मको सम्मान गर्ने बताए  ।

 

शुक्रबार राष्ट्रिय खिर दिवसको अवसरमा गिरिजाप्रसाद कोईराला फाउन्डेसन रामेछापले आयोजना गरेको कार्यक्रममा बोल्दै ढुङ्गेलले वीपीको स्मरण गरेका थिए  । उनले वीपी कोइराला आदर्श ब्यक्ति भएको भन्दै वीपीको अदर्श अहिले पनि उत्तिकै महत्त्वपूर्ण भएको बताए  ।  

 

असार र साउन १५ ले वास्तविक कृषि प्रधानदेश भएको झल्कने र यो दिन सबैलाई महत्त्वपूर्ण हुने बताए  । उनले आसन्न पार्टीको १४ महाधिवेशन ढिलो चाँडो हुने भन्दै तयारी अवस्था बस्नु पर्नेमा जोड् दिए ।

 

कांग्रेसमा सबैलाई पुग्ने ठाउँ रहेको भन्दै ढुङ्गेलले मिलेर जानु पर्नेमा जोडदिए । वडा तहदेखि केन्द्र सम्म ठाउँ छ, एक जना जता लाग्यो उतै लदौडिउदा समस्या हुने भन्दै मिलेर गएमा सबैलाई ठाउँ छ भने ।