जिल्ला तहको नेत्रित्व सहमतिबाटै टुङ्ग्याउनु पर्छ नेतृ कार्की

| साउन १५, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

रामेछाप । कांग्रेसकी नेतृ उर्मिला कार्कीले आसन्न १४ औं महाधिवेशनबाट जिल्लाको नेत्त्रत्व निर्विरोध हुनु पर्ने बताएकी छन् ।  

 

नयाँ नेत्त्रत्वको लागि सबै नेता कार्यकर्ता आफ्नो ठाउँबाट लागि परेको भन्दै जिल्ला तहको नेत्रित्व भने सहमति, सहकार्य र सक्षम हुनु पर्ने बताइन् । 

 

 

शुक्रबार गिरिजा प्रसाद कोईराला फाउन्डेशन् मन्थली नगर समिति मन्थलीले आयोजना गरेको राष्ट्रिय खिर दिवस कार्याक्रमलाई सम्बोधन् गर्दै उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष समेत रहेकी कार्कीले सहमितको आधरमै 'जिल्ला तहको नेत्रित्व टुङ्गिन पर्छ सबै जना लाग्नु भएको छ आदरणीय नेताहरु सबै मिलेरनै पार्टीको नेत्रित्व आउदाँ अर्को पार्टीसंगको चुनावमा फेस गर्न सकिन्छ, यो अहिलेको आवश्यकता हो । आफ्नै पार्टी भित्र चुनाव गरेर भन्दा अन्तरपार्टीको लागि तयारी गर्दा उपलब्धि मूलक हुन्छ भनिन् ।'