अनेरास्ववियु रामेछापले बुझायाे सिडिओ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रः नियमित रुपमा पठनपाठन व्यवस्था मिलाउन माग (पत्रसहित)

| साउन १५, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

१५ साउन,रामेछाप  । अनेरास्ववियु रामेछापले विद्यालय संचालन गर्न सरकारले कुनै प्रक्रिया नथालेकाे भन्दै तत्काल प्रक्रिया अगाडि बढाउन सरकारलाई ध्यानकर्षणा पत्र बुझाएको छ ।  विभिन्न तहकाे परीक्षा संचालन भएपनि स्वास्थ मापदण्ड पालन नभएको संघकाे ठहर छ । 

 


शुक्रबार जिल्ला प्रशासन कार्यालय रामेछापमा पुगेकाे अनेरास्ववियु जिल्ला शाखाकाे टाेलीले प्रखुम जिल्ला अधिकारी गाैलाेचन सैजू  (सिडिओ) मार्फत ५ बुँदे ज्ञापनपत्र  बुझाउदै सबै तहका बालबालिकालाई काेराेना भाइरस संक्रमण बिरुद्ध खाेप दिन माग गरेकाे हाे । 

 

त्यस्तै स्वास्थ मन्त्रालयले समेत काेराेना भाइरसकाे तेस्रो लहर चाँडै आउने भनेकाले सम्पूर्ण नेपालीलाई खाेपकाे मात्र दिन भनेकाे छ  । 


हाल बिद्यालय बन्द भएको कारण विद्यार्थीहरुकाे भविष्य अन्धकार तर्फ गएकाे भन्दै तत्काल सुरक्षित उपाय अप्नाउदै सबै तहका विद्यालय संचालन गर्न संघले माग गरेकाे हाे ।   

पत्र हे्नुहोस्