रामेछापमा प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न सबै सडकको मुख्य मन्त्री र अर्थमन्त्रीबाट एकैसाथ उत्घाटन हुदै

| साउन १५, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

१५ साउन,रामेछाप । रामेछाप जिल्लामा गत आर्थिक वर्षमा कालोपत्रे सम्पन्न भएका सडकहरुको एकै साथ उद्घाटन हुने भएको छ । सडकको बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेल र प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले एकैसाथ उद्घाटन् गर्ने कार्यक्रम तय भएको नेकपा एमाले रामेछापले जनाएको छ । 

आउदो बिहिबार २१ गते बिहान ११ बजे हुने कार्यक्रमबाट उद्घाटन हुने भनिएको छ ।

प्रदेश सरकारद्वरा निर्माण सम्पन्न भएका जिल्लाका सबै सडकहरु एकैसाथ उत्घाटन गरिने अनेरास्ववियु रामेछापका सचिव पुष्कर भट्टराईले जानकारी दिए । 

यो पनि पढ्नुहोस- रामेछापमा गत आर्थिक वर्षमा झण्डै ४३ किलो मिटर सडक कालोपत्रे (कुन- कुन हुन् तथ्याङ्कसहित)


उनका अनुसार सित्खा भिरपानीम गोगनपानी, फुल्पा, धुले, मेगर्पा भदौरे, भोटनागी, मन्थली मदौ, राल्टार, समलीथान, सालु, सित्खा, आँपचौर, रायगाउँ, मन्थली, भुत्यहाँखोला, खठजोर, मन्थली भुलुवाजोर, खिम्ती, फर्पु नामाडी, हलेदे, धोबी, लखनपुर, गाल्वा, मन्थली, फर्पु, नामाडी, बेताली, ठोसे गर्जाङ् मन्थली, साँघुटार, घोराखोरी सडक एकैसाथ उत्घाटनको तयारी भएको उनले रामेछाप टाइम्सलाई जानकारी दिए । 


त्यस्तै कालोचौतारो, सिंगटी, च्यादलु, खैरेनी घाट, बेथान, गाल्वा, मन्थली गाल्वा, चौरीखोला, मन्थली चनखु वडा कार्यालय, खैरेनीघाट राकाथुम गाल्वा दोरम्बा टोकरपुर गौश्वारा सडक पनि सदरमुकाम मन्थली स्थित सामुदायिक भवनको सभाहलबाट उत्घाटन गर्ने बताइएको छ । 


जिल्लामा गत आर्थिक वर्ष २०७७/०७८ मा झण्डै ४३ किलोमिटर सडक कालोपत्रे भएको थियो । 

कार्यक्रम तयारी ब्यानर​​​​​​

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार