खाँडादेवीमाः 'अर्जुन स्मृति शहिद गेट' को उत्घाटन् र शलिकको शिलन्यास् हुदै

| साउन १६, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

१६ साउन,रामेछाप । १० वर्षे जनयुद्धको क्रममा सहादत भएका शहिद अर्जुन रानामगरको १७ औं स्मृती सभा खाँडादेवीमा आज मनाइदै छ ।

 
जिल्लाको खाडादेवी गाउँपालिका वडा नं १ राकाथुम चापवोटमा आज एक कार्यक्रमकाबीच अर्जुन स्मृति शहिद पार्कमा स्वर्गीय अर्जुन रानामगरको सालिक निर्माणको लागि शिलान्यास हुने वडा नं १ का वडा अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए ।

 

 

उनकाअनुसार खाँडादेवी गाउपालिका वडा न १ खैरेनीघाट राकाथुम गाल्वा दोरम्वा शैलुङ्ग पर्यटकिय सडकको प्रवेशद्वार मा निर्माण गरिएको 'अर्जुन स्मृति शहिद गेट' को पनि उद्घाटन गरिने तयारी  रहेको बताएका छन् ।