रामेछापमा होलीमा ट्राफिक नियम उल्लङ्घन गर्ने ७४ वटा सवारी कारबाहीमा

| बैशाख २, २०७८ बिहिबार

फाइल फोट/देवकोटा चोक
A A A
A A A


चैत १५, मन्थली : जिल्ला प्रहरी कार्यालय रामेछापले आज ७४ वटा सवारी साधनलाई कार्बाही तथा नियन्त्रण गरेको छ ।

फागुपुर्णिमा (होली) पर्वको अवसरमा हुन सक्ने सम्भावित दुर्घटनालाई नियन्त्रण गर्न एवं होली पर्वमा हुने विभिन्न अवांछित गतिविधि लगाएत अप्रिय घटनाहरु नियन्त्रण गर्ने क्रममा जिल्ला प्रहरी कार्यालयले ३५ वटा मोटरसाईकल ,बलेरो-१ नियन्त्रणमा लिएको हो ।

त्यस्तै सवारीका ६ जना चालक नियन्त्रणमा परेका छन् ।

उनीहरुलाई ट्राफिक नियम बमोजिम कार्बाही गरीएको रामेछाप प्रहरीका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए । उनका अनुसार हेल्मेट नलगाएको -१ वटा मोटरसाईकल चालक अनुमिति (लाईसेन्स) नभएको – १४ वटा ,त्रिपल लोड बोक्ने -२ वटा,तिब्र गती -१३ वटा नियन्त्रण तथा कारबाहीमा परेका हुन् ।

त्यस्तै मापसे गरी सवारी चलाएका एक टाटा सुमो र चालक पक्राउ परेका छन् । मापसेनै गरि चलाएको -५ वटा मोटरसाईकल र चालक ५ जना चालक पक्राउ परेका छन् ।