खाँडादेवी र सुनापति गाउँपालिकामा बाढी पहिरोमा परि दुई पसल भत्कियो, १९ पशु मरे

| साउन १६, २०७८ शनिबार

संकेतिक फोटो
A A A
A A A


१६ साउन, रामेछाप । गत बिहिबार र शुक्रबार परेको भिषण वर्षाले रामेछाप जिल्लामा ठूलो मात्रमा भौतिक क्षेती पु¥याएको छ । जिल्लाको खाँडादेवी र सुनापति गाउँपालिकाको विभिन्न स्थानमा वर्षापछिको बाढीले बस्ती जोखिममा पर्नुको साथै केही घर भत्किएका छन् । 


बिहिबार परेको अविरल वर्षाको कारण खाँडादेवी गाउँपालिकाको वडा नं ७ थानसिंङ स्थित बस्ने सोमा तामाङको भुकम्प राहतको २ कोठे घरमा माथिबाट आएको पहिरोले भत्किएको छ । भने आदी घरको भाग पुरेको, घरको गाह्रो चर्केर क्षती भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । तामाङको परिवार हाल आफन्तको बस्दै आएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए । 


त्यस्तैै सोही दिन राति परेको अविरल बर्षाको कारण खाँडादेवी गाउँपालिककै वडा नं ९ पिङखुरीमा बस्दै आएका आसमान तामाङको ढुंगा माटोले बनेको गोठमा माथिबाट पहिरोले गोठ भत्काउदाँ गोठमा रहेका ९ वटा बाख्रा, १० वटा कुखुरा मरेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार घटना स्थलमा प्रहरीको टाली पुगी सुरक्षि हुन सचेत गराएको छ । 

 

त्यस्तै निरन्तरको वर्षाले सुनापती गाउँपालिका वडा नं ४ बेथान खोलामा आएको बाढीले एउटा पसल बगाएको छ । स्थानीय बाबुलाल तामाङले बाँस र जस्ताको टहरो बनाएर संचालन् गर्दै आएको किनारा पसल खोलामा आएको बाढीले बनाएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रेष्ठले बताए । उनका अनुसार बाढीले पसलको सामान लत्ता कपडा, फर्निचरको सामान गरी अन्दाजी  ३ लाख बराबरको क्षती भएको छ । घटना बारे प्रहरीले थप अनुसन्धान गरि रहेको प्रहरीले जनाएको छ । 


त्यस्तै सुनापति गाउँपालिका वडा ४ डहुमा स्थानीय माधव बल तामाङले संचाल गर्दै आएको टेलरिङ् सेन्टर पनि बाढीले भत्काउदा क्षेती पुगेको छ । बाँस र जस्तापाताको अस्थाई टहरामा संचालन गरिएको कपडा सिलाउने टेलर माथिबाट पहिरो आउदा पुरिएको थियो । बाढीले टेलर पुरिदा कपडा सिलाउने मेशिन तीन वटा र फर्निचरको सामान गरी जम्मा अन्दाजि ७० हजार बराबरको क्षती भएको ईलाक प्रहरी चौकीले जनाएको छ ।