पहिरोका कारण दोरम्बा र खाँडादेवीमा १९ घरपरिवार उच्च जोखिममा

| साउन १६, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

१६ साउन,रामेछाप । गत बिहिबार राति परेको अबिरल बर्षाको कारण जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ७ दोब्लामका १५ घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन् । राति निरन्तरको वर्षासंगै आएको बाढीले स्थानीय नाम्गेल तामाङको गोठमा रहेका ६ वटा बाख्रा र गोठ बगाएको प्रहरी चौकी गुन्सीले जनाएको छ । 

 


गोठ भन्दामाथिबाट आएको पहिरोले गोठसहित बाख्रा बगाएको प्रहरीले भनेको छ । घटना स्थालमा पहिरोका कारण प्रहरी टोली पुग्न नसकेको जनाइएको छ । बाढीले गोठ र बाख्रा बगाउदा अन्दाजी एक लाख बराबरको क्षेती भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

त्यस्तै खाँडादेवी गाउँपालिका वडा नं २ मजुवा मा पनि राति करिव ८ : ३० बजेको समयमा परेको निरन्तरको वर्षाले चार घर पहिरोको उच्च जोखिममा परेका छन् । माथिवाट पहिरो आएकाले स्थानीय तारा कार्की (महिला) को घर पुरेको छ भने । संगै रहेको रमेश कार्की, नेत्र कार्की,मनिषा कार्कीको घर समेत अन्दाजी ७०÷८० मिटर माथिबाट पहिरो जोखिम रहेको ईलाका प्रहरी कार्यालय खाँडादेवीले जनाएको छ । 


पहिरोले पुरीएको घरमा मानिसहरु काठमाडौं बस्दै आएको बताइएको छ ।  घरको आदि भाग पुरेर गाह्रो भत्केर   घर क्षती भएको हो । सो स्थानमा एक घरमा क्षेती पुगेको छ भने तीन घर पहिरोको जोखिममा परेका छन् ।