रामेछापमा कोरोना दिन दिनै बढ्दैः आज एकै दिन ६० जना संक्रमित

| साउन १६, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

१६ साउन,रामेछाप । देशका विभिन्न जिल्लामा जस्तै रामेछापमा पनि कोरोना संक्रमण बढ्न थालेको छ । आज एकै दिन जिल्लामा ६० जनामा कोरोना भइरस संक्रमण पुष्टि भएको जिल्ला अस्पताल रामेछापले विज्ञप्ति मार्फत् जनाएको छ । 

 


शनिबार जारी विज्ञप्तिमा ३८ जना को पीसिआर र २२ जनाको एन्टिजेन्ट विधिबाट गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको उल्लेख छ । 


त्यस्तै हाल जिल्लामा २ सय ४२ जना सक्रिय संक्रमित छन् । २२ जनाको कोरोनाका कारण निधन् भएको छ । भने ३४ जना को जिल्लाका  विभिन्न अस्पतालबाट थप उपचारको लागि काठमाडौं लगाएतका अस्पतालमा रेफर गरिएको छ । 

 

हाल सम्म जिल्लामा २ हजार ७ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने २ हजार ४ सय ४७ जना निको भएर घर फर्किएका छन् । त्यस्तै २ सय ३ जना होम आइसोलेसनमा बसेका छन् । ३७ जना संस्थागत आइसोलेसनमा छन् । 
जिल्लामा कोरोना भाइरस संक्रमणको अवस्था यस्तो छ । हेर्नुहोस् तथ्याङ्क