एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चको बैठकः पार्टी भित्रको संकटलाई समाधान गरेर अगाडि बढ्ने निर्णय

| साउन १७, २०७८ आइतबार

फाइल फोटो विश्व श्रेष्ठको फेस्बुकबाट साभार
A A A
A A A

१७ साउन, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछाप–काठमाडौँ सम्पर्क मञ्चले पार्टीको आन्तरिक द्वन्द्वले निम्त्याएको संकटलाई समाधान गरेर अगाडि बढ्ने निश्कर्ष निकालेको छ । 

 

शनिबार बसेको मञ्चको बैठकले पार्टी भित्रको द्वन्द्वलाई चिर्दै  आपसी मतभेद त्यागेर पार्टीलाइ सुदृढीकरण र शुद्धिकरण गर्ने निर्णय गरिएको मञ्चका अध्यक्ष टेक बहादुर श्रेष्ठले 'विश्व' ले जानकारी दिए । उनका अनुसार संगठन निर्माणलाई गतिशिल ढंगले अगाडि बढाउने निर्णय गरेको हो । 

 


राजधानी स्थित बागबजार सम्पर्क कार्यालयमा सम्पन्न बैठकमा नेकपा (एमाले) का केन्द्रिय कमिटी सदस्य एवं  रामेछाप जिल्ला इन्चार्ज कैलाश ढुंगेलले नेता कार्याकर्ताहरुलाई पार्टीको विभिन्न छलफलको बारेमा ब्रिफिङ् गरेका थिए ।