शहिद अर्जुन रानामगरको शालिकको शिलन्यासः गेट्को उद्घाटन (फोटोफिचर)

| साउन १७, २०७८ आइतबार

फाइल फोटो विष्णु श्रेष्ठको फेस्बुकबाट साभार
A A A
A A A

साउन,१७ रामेछाप । १० वर्षे जनयुद्धमा शहिद भएका अर्जुन रानामगरको १७ औं स्मृति सभाकाबीच उनको शालिकको शिलन्यास गरिएको छ । शनिबार एक कार्याक्रमकाबीच प्रतिनिधि सभाका संसद् श्यामकुमार श्रेष्ठले शालिकको शिलन्यास गरेका हुन् ।

 

नेकपा माओवादी रामेछापका इन्चार्ज समेत रहेका श्रेष्ठले श्रेष्ठले खैरेनीघाट-राकाथुम-गाल्पा-दोरम्बा शैलुङ्ग जोड्ने पर्यटकिय सडकको प्रवेशद्वारमा निर्माण भएको अर्जुन स्मृति सहिद गेट उदघाटन पनि गरेका छन् । त्यस्तै वडा पार्टी कार्यालय पनि संचालनमा ल्याइएको छ । 

खाँडादेवी गाउँपालिको राकाथुम चापवोटमा शालिकको शिलन्यास गरिएको हो । 

रानामगरलाई १७ बर्ष अघि जनयुद्धको क्रममा सुनापति गाउँपालिका–४ बेथानको डहुमा तत्कालिन शाही नेपाली सेनाले कब्जामा लिएर हत्या गरेको थियो । शहीदको सम्झनामा राकाथुमको चापबोट अर्जुन स्मृति शहीद पार्क निर्माण गरिएको थियो । 


सोहो कार्यक्रममा नेपाली काङ्ग्रेस र नेकपा एमाले पार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)  मा २२ जना युवाहरु पार्टि प्रवेश गरेको थिए । 

 

खाडादेवी गाउँपालिका वडा नं १ राकाथुम वडा कमिटीको आयोजनामा रानामगरको शालिक शिलन्यास गरिएको हो ।

 

कार्यक्रमा सुनापती गाउँपालिका अध्यक्ष धावा लामा, सभासद डिल्लीमान तामाङ,  दोरम्बा शैलुङ् गाउँपालिकाका अध्यक्ष कमान सिं मोक्तान,  नेपाली काङ्ग्रेस रामेछापका नेता जीत बहादुर मगर, टंक लाल घिसिङ, सभासद लक्ष्मी गुरुङ, सुनिता गौतम,गङ्गा बुढाथोकी, रामेछाप नगर कमिटी अध्यक्ष मोतिलाल तामाङ, हिरा श्रेष्ठ, सरोज कटुवाल, वडा अध्यक्षहरु,कमल केसी, खड्ग बहादुर श्रेष्ठ, असल सिं तामाङ, सङ्गम लामा, रन्जित मोक्तान, उदय रजान मगर लगायतको उपस्थितिमा रहेको थियो 
फोटोहरु हेर्नुहोस्