चोरीको मोटरसाइकल सहित रामेछापका भुजेल भक्तपुरबाट पक्राउ

| साउन १७, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

१७ साउन,रामेछाप । चोरीको मोटरसाइकल सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना रामेछाप घरभएका १९ का किशोर दीपेन्द्र भुजेल छन् । उनी भक्तपुर बस्दै आएका छन् । 

 

उनीहरुलाई चोरीको मोटरसाइकलसहित भक्तपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । मोटरसाइकल चोरी भएको भन्ने खबर पाएपछि खटिएको प्रहरीको टोलीले गत शनिबार साँझ दुई वटा पल्सर मोटरसाइकल सहित तीनै जनालाई नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

 

ताप्लेजुङका १९ वर्षीय विशेष लिम्बु र धनुषाको मिथिला नगरपालिकाका २१ वर्षीय विकल थापा रहेका छन् ।  


उनीहरुलाई भक्तपुर सरस्वती खेलका बासुदेव खड्काको घर अगाडिबाट २०७६ सालमा हराएको उक्त मोटरसाइकल सहित पक्राउ गरिएको महाशाखाले जनाएको छ । 

 

पक्राउ परेको मोटरसाइकलसहित तीनै जनालाई थप अनुसन्धानका लागि प्रहरी वृत्त ठिमीमा बुझाएको ट्राफिक महाशाखाले जनाएको छ ।