रामेछापमा आउदो ३२ गतेसम्म निषेधाज्ञा थपः के के गर्न पाइन्छ, के पाइदैन (सूचनासहित)

| साउन १७, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

१७ साउन,रामेछाप । रामेछापमा जारी निषेधाज्ञा आगामी साउन ३२ गते सम्म थप भएको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा आजराति १२ बजेदेखि सकिन लागेसंगै जिल्ला प्रशासनमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समिति (डिसिसिएसमी) को बैठकले हाल जारी गरिएको निषेधाज्ञालाई नै निरन्तरता दिएको छ । 

 


जिल्लादेखि देशैभरि नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमण फैलिएको निर्शकर्षसहित जारी बन्दा बन्दी थप गरिएको हो । 


यो पकट थप गरिएको निषेधाज्ञामा मानिसहरुको भेला हुन नपाईने, भिडभाड गर्न नपाइने, सभाजुलुस गर्न, जात्रा, महोत्सव, भोज भतेर गर्न रोक लगाइएको छ ।

 

 
त्यस्तै सबै शैक्षिक गतिविधि बन्द हुने भनेको छ । प्रशिक्षण तालिम, गोष्टि, हाटबजार, खेलकुद्, स्वीमिङ् पुलहरु बन्द हुने छन् । त्यस्तै बिवाह, ब्रत्बन्ध जस्ता धर्मीक कार्यहरु १५ जनाको उपस्थितिमा गर्ने भनिएको छ । 
सूचना हे्नुहोस्