सरकारी स्वामित्वको बैंकहरुको सेवा चुस्त बाउनु-सभामुख सापकोटा

| साउन १७, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

१७ साउन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज सिंहदरबारस्थित सबै कार्यालयहरूको सरकारी खाता राष्ट्रिय वाणिज्य बैंकमा संचालन गर्ने सन्दर्भमा बैंकका सी. ई. ओ.पदाधिकारी तथा सचिवालयका पदाधिकारीसंग खाता संचालनलाई व्यवस्थित गरी सेवा प्रवाह गुणस्तरीय बनाउने विषयमा छलफल गरेका छन् । 

 


सो अवसरमा सभामुखले लामो समय देखिको प्रयास स्वरूप सरकारी स्वामित्वको बैंक मार्फत व्यवस्थित गर्न पाउनु अवसर रहेको र यो अवसरमा बैंकले आफ्नो सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाई गुणस्तरीय बनाउन जनशक्ति र प्रविधिको व्यवस्थापन गरि विश्वास जित्नुपर्ने बताए । 

 


छलफलमा बैंकका सी.ई. ओ. किरण कुमार श्रेष्ठले देशभर सात वटै प्रदेश ७७ जिल्लामा २७४ शाखा संचालन भै रहेको बताए । उनले २५० अरब भन्दा बढी डिपोजिट रहेको र १८० अरब भन्दा बढी क्रेडिट रहेको अग्रणी बैंक भएको बताउदै बैंकिग सेवाका सबै सेवाहरू बैंकले प्रदान गरी रहेको जानकारी दिए ।

 

सरकारको निर्णयलाई अवसरको रूपमा लिई बैंकले कार्ययोजना बनाई आवश्यक जनशक्ति र प्रविधिको व्यवस्थापन गरी अन्य बैंक भन्दा राम्रो सेवा दिने प्रतिवद्दता व्यक्त गरे। 
 

मिलन घिमिरे (बि क)
| माघ २४, २०८२ शुक्रबार