कक्षा १२ को परीक्षा स्थगित !
संकेतिक फोटो
१८ साउन,काठमाडौं । कक्षा १२ सहित सबै तहको परीक्षा स्थगन गरिएको छ ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना भाइरसको जोखिम पुनः बढ्न थालेको भन्दै कक्षा १२ को सहित विभिन्न विश्वविद्यालयका परीक्षा स्थगन गरिएको जानकारी दिएका छन्।

निर्णय शिक्षा मन्त्रालयसँग परामर्श गरेर चाडैं सार्वजनिक हुने तयारी रहेको बताइएको छ । भर्चुअल पत्रकार सम्मेलनमा उनले कोभिड-१९ को तेस्रो लहरको जोखिम बढिरहेकाले परीक्षा स्थगन गरिएको बताएका हुन् ।
आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने विषयमा शिक्षा मन्त्रालयसँग छलफल चलिरहेको उनले उल्लेख गरे । कक्षा १२ को परीक्षा साउन ३१ भदौ ९ सम्म हुने गरी तालिका सार्वजनिक भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ 'कोभिड-१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व उचित निर्णय गरिने छ भनेका छन् ।'
