क्रिकेटर पासर खड्काद्वरा अन्तर्राष्ट्रिय क्रिकेटबाट संंन्यासकाे घाेषणा (पत्रसहित)
फाइल फोटो
१९ साउन,रामेछाप । नेपाली क्रिकेटर पारख खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासकाे घाेषणा गरेका छन ।
मंगलबार बिहान सामाजिक संजाल फेस्बुकमार्फत खड्काले यस्ताे घाेषणा गरेका हुन् ।
सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । साथै खड्काले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि रहेको जनाएका छन् ।
सन् २००९ मा कप्तान भएका खड्काले २०१९ मा कप्तानी छोडेका थिए । खड्काले नेपालका लागि १० एक दिवसीय तथा ३३ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले एक दिवसीयमा ३ सय १५ र टी–ट्वान्टीमा ७ सय ९९ रन बनाए । साथै एक दिवसीयमा नौ र टी–ट्वान्टीमा आठ विकेट लिन सफल भएका थिए ।
खड्का नेपालका लागि एक दिवसीय र टी–ट्वान्टी दुवैमा पहिलो शतक प्रहार गर्ने खेलाडी पनि हुन् । आईसीसी क्रिकेट लिग डिभिजन ५ बाट खेल्दै नेपाललाई एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट मान्यता प्राप्त राष्ट्र बनाउन महत्त्वपूर्ण योगदान दिएका थिए।
खड्काको कप्तानीमा नेपालले सन् २०१४ को टी–ट्वान्टी विश्वकप खेल्यो जुन नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सहभागिता थियो । अनि सन् २०१८ मा नेपालले एक दिवसीयको मान्यता पाएकाे थियाे ।
पत्र हेर्नुहोस्

