मन्थलीमा वार्षिक रुपमा दूग्ध उत्पादन गर्ने ८४ जना किसानलाई अनुदान रकम प्रदान

| साउन १९, २०७८ मंगलबार

फाइल फोटो मुकुन्द खड्काबाट प्राप्त
A A A
A A A

१९ साउन,रामेछाप । रामेछापको मन्थली नगरपालिकाले एक वर्षभरि दूध उत्पादन् गर्दै आएका किसानलाई एक मुस्टमा रकम प्रदान गरेको छ ।

 

 

बागमती प्रदेश सरकारबाट गत आर्थिक वर्ष २०७६र७७ मा मन्थली दुग्ध उत्पादक सहकारीकामा आबद्ध भएर निरन्तर दूग्ध उत्पादन गर्दै आएका ८४ जना दुध उत्पादन गर्ने सहकारीका सदस्य किसानहरुलाई रकम प्रदान गरेको नगरपालिकाका पशु उपशाखा प्रमुख एवं पशु प्राविधिक मुकुन्द खड्काले रामेछाप टाइम्सलाई जानकारी दिए ।

उनका अनुसार दूग्ध उत्पादन गर्ने किसानलाई प्रती लिटर रु २ रुपैयाका दरले अनुदान रकम मंगलबार नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले किसानलाई प्रदान गरेका हुन् । 

 


खड्काका अनुसार मंगलबार एक मुस्टमा किसानहरुलाई कूल ११ लाख ५० हजार रुपैयाँ रकम उपलब्ध गरिएको  हो । बागमती प्रदेशको कृषि तथा पशुपंक्षी  विकास निर्देशनलयको सहयोग अनुदानमा रकम प्रदान गरिएको उनले बताए ।