कुलमान घिसिङलाई विधुत प्राधिकरणमा ल्याउने देउवा सरकारकाे तयारी

| साउन १९, २०७८ मंगलबार

फाइल फोटो कुलमान घिसिङ
A A A
A A A

१९ साउन, रामेछाप  ।  नेपाल विधुत प्राधिकरणका पूर्व कार्यकारी प्रमुखलाई वर्तमानमा सरकारले प्राधिकरणमा ल्याउने भएको छ । 


प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न उर्जा मन्त्री पम्फा भुसाललाई निर्देशन समेत दिइसकेका छन् ।

 

ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री भुसालले आजै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकाे बताइएकाे छ 


कार्यकारी निर्देशक शाक्यले भने केही जवाफ दिएका छैनन् । तर प्रधानमन्त्री देउवाले नमागेको कारण राजीनामा नदिने निकटवर्तीहरुसँग बताएका छन् ।

 


प्रधानमन्त्रीको निजी सचिवालयले भने शाक्य हटेपछि कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया अघि बढाउन उर्जा मन्त्रीलाई निर्देशन दिइसकेको बताएको छ ।