गत आर्थिक वर्षमाः एक लाख ७ हजार ३५२ भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण

| साउन १९, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

१९ साउन, काठमाडौं । आर्थिक वर्ष ०७७/०७८ मा थप एक लाख सात हजार ३ सय ५२ लाभग्राहीले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । 


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको मंगलबार बार्षिक समीक्षा गोष्ठीमा सार्वजनिक तथ्यांकअनुसार गत आर्थिक वर्षमा ३१ हजार ३५९ लाभग्राही पहिचान भएका छन् भने ४१ हजार ७३८ हजारले अनुदान सम्झौता गरेका छन् । 


त्यस्तै  ४७ हजार ३ सय ८४ ले पहिलो किस्ता लिएका छन् । ६९ हजार १० ले दोस्रो र ९२ हजार ५७८ ले तेस्रो किस्ता लिएको प्राधिकरणले जनाएको छ ।

 

पुनःनिर्माण प्राधिकरणका अनुसार थप ५८९ वटा विद्यालय, ५३ वटा स्वास्थ्य संस्था, १३३ वटा साँस्कृतिक सम्पदा र ९ वटा सरकारी भवनहरुको पुनर्निर्माण भएको छ ।

 

यसै अवधिमा पुनर्निर्माण भइरहेका सुरक्षा निकायका ९ वटा भवनहरुको पनि पुनर्निर्माण सम्पन्न भएको बताइएको छ । 
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार