दोरम्बा शैलुङ्का पहिरो पीडित घरधुरीलाई नेता चौलागाईद्वरा त्रिपाल प्रदान

| साउन १९, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

१९ साउन,रामेछाप । नेपाली कांग्रेस रामेछापका नेता एवं समाजसेवी भरत चौलागाईले पहिरोबाट पीडित परिवारलाई राहात सायता सामाग्री प्रदान गरेका छन् । 


जिल्लाको दोरम्बा शैलुङ् गाउँपालिका १० घर पहिरो पीडित घरधुरीलाई एक एक थान त्रिपाल सहयोग हस्तान्तरण गरेको कांग्रेस नेता काजी बहादुर खड्काले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 


दोरम्बा शैलुङ्मा केही दिन अघिको निरन्तरको अबिरल वर्षासंगै आएको बाढी, पहिरोले दर्जनौं घर पहिरोको जोखिम्मा परेका छन् भने केही घरपरिवार विस्थापित् भएका छन् ।

 

 

सोही परिस्थितिलाई ध्यानमा राखेर महाधिवेशन प्रनिधि एवं समाज सेवि चौलागाईंले मंगलबार १० घरधुरिलाई सामाग्री दिएको बताए ।