राकाथुमका दुवै मृगौला फेल भएका दोङ्लाई आर्थिक सहयोग प्रदान (नामावाली)

| साउन २०, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

२० साउन,रामेछाप । दुबै मृगौला फेल भइ हाल काठमाडौंस्थिति टिचिङ अस्पतालमा उपचार गरिरहेका पञ्च तामाङ ९दोङ० लाई आर्थिक सहायता प्रदान गरिएको छ । 

 


जिल्लाको खाडादेवी गाउँपालिका वडा न।१ राकाथुम निवासी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राकाथुम वडा कमिटीका सदस्य समेत रहेका दोङ्को दुवै मृगौला फेल भइ उपचार गराउदै आएका छन् । आर्थिक अभावका कारण समस्या झेल्दै आए दोङ्लाई प्रनिधिसभाका सांसद् श्याम कुमार श्रेष्ठ 'कुशल' सहितको टोलीले मंगलबार अस्पतालमा पुगेर १ लाख ६९ हजार २ सय ९० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको राकाथुमका वडा अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए ।

 

उनका अनुसार विभिन्न व्यक्तिहरुसंग रकम संकलन गरि टिचिङ अस्पताल पुगेर रकम प्रदान गरिएको हो । 


सहयोग संकलन अभियानमा भुमिका निर्वाह गर्ने सबैलाई उनले धन्वाद् दिएका छन् । दोङ्को अवस्था बुझ्न सांसद् कुशलसहित माओवादी केन्द्र रामेछाप जिल्ला सचिवालय सदस्य मान बहादुर वोम्जन लगाएतको टोली पुगेको उनले बताए । 

सहयोग रकम दिनेहरुको नामावाली हे्नुहोस्