जबर्जस्ति करणी गरेर फरार भुजेल पक्राउः अदालत पेश गरियो

| साउन २०, २०७८ बुधबार

संकेतिक फोटो
A A A
A A A

२० साउन, रामेछाप । बालिकालाई जबरजस्ती करणीको प्रयास गरि फरार रहेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मन्थली नगरपालिका  १२ गेलुका २२ वर्षीय सुरज भुजेल छन् । 


उनले गत २०७७ साल जेठ २६ रातिको अन्दाजी ३ बजे बालिकालाई उनकै घरमाको कोठामा गएर बालिकाको संवेदनशिल अंगमा छोएका थिए । 

 


सोही आरोपमा उनलाई जिल्ला अदालत रामेछापले २०७७ साल फागुन १२ गते ५ महिना ५ दिन कैदसहित  १० हजार जरिवाना फैसला तोकेको थियो । 


तर, फैसलापछि भुजेल फरार रहदै आएका थिए । उनलाई मंगलबार उनकै घरमा लुकिछिपी बसि रहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए । 


पक्राउ परेका भुजेललाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रामेछापमा बुझाइएको उनले बताए ।