मन्थली–खिम्ती सडक एकतर्फी संचालनमा आयो (फोटोफिचर)

| साउन २०, २०७८ बुधबार

फाइल फोटो सन्तोष ढुङ्गेलबाट
A A A
A A A

२० साउन,रामेछाप । रामेछापको मन्थली–खिम्ती सडक एक तर्फि संचालनमा आएको छ । 

 


मन्थली–खिम्ती सडक खण्ड अन्तर्गत तिल्पुङको छाँगोमा पहिरो गएराति पहिरो खस्दा पूर्ण रुपमा अबरुद्ध आएको सडक एक तर्फि संचालनमा आएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीकंर श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार अहिले बाटोमा खसेको पहिरो पन्छाउने काम भैरहेको छ । बिहान १० बजेपछि एक तर्फिबाटो संचालमा आएको हो । 

 


पहिरो खसेर बाटो अबरुद्ध भएसंगै खिम्ती हुदै मन्थली आउने र मन्थली हुदै बाहिरिने सवारी बीचबाटोमै रोकिएका थिए । बाटो खुलेसंगै विस्तारै सवारी गन्तव्य तर्फ जानथालेको प्रहरी निरिक्षक श्रेष्ठले बताए ।