एमाले सरकारले गरेको विकास देखेर एमाले माथि रातदिन प्रहार भयो, हुदैछ– मन्त्री ढुङ्गेल (भिडिओ)

सडक उत्घाटन

| साउन २०, २०७८ बुधबार

A A A
A A A

२० साउन,रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले एक वर्षपछि रामेछापमा डेढ सय किलो मिटर सडक कालोपत्रे हुने बताएका छन् । तीन वर्षको अबदीमा ६४ किलोमिटर सडक कालोपत्र सम्पन् गर्न सफल भएको उनो जिकिर छ ।'

 

'यो तीन वर्षको अबदीमा ६४ किलोमिटर सडक कालोपत्रे गरेका छौं । अबको एक वर्षमा डेढ सय किलोमिटर सडक कालोपत्रे हुन्छ यो संगै रामेछापमा कूल २ सय किलोमिटर सडक कालोपत्रे हुन्छ ढुङ्गेलले भने ।' 

 

सित्खा,चहरि,गोगनपानी,धूलेबेसी,मेगरपा,भोटनागी सडकखण्ड को पक्कि सडक सडक उत्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले नेत्रित्वको सरकारलेलै जनताको हितमा धेरै काम गरेकै कारण एमाले माथि प्रहार हुन थालेको उनको आरोप छ ।

 

उनले भने 'सार विकास एमालेलै गरेर सक्ने भयो, अब यसले केही बाँकि नराख्ने भयो यसलाई हटाउनु पर्छ भनेर एमाले माथि दिन रात प्रहार हुन थालेको छ । प्रहार भैरहेका छन् । एमालेले पानी बनायो, सडक बनायो, कलेज बनायो सबै बनायो त्यसैले एमाले माथि प्रहार हुन थाल्यो भने ।

 

गाल्वा-गोगन पानी सडक संचालनमा आउनु खुसीको कुरा भएको बताउदै १७ किलोमिटर सडक छोटो पर्ने बताए । उनले यो सडक संचालमा आएर रामेछापको धार्मिक, संस्कृति, राजनीतिक जिवनमा रुपान्तर गरेको बताए । 


उनले २०७४ साल अघिका सरकारले के गरेर बसेको थियो रु भन्दै प्रश्न गरे । एमालेको सरकारले मात्रै जनताको हितमा काम गर्ने उनको दाबी छ ।