'तीन वर्षमा हामीले गरेका जति काम ईतिहासमा न कहिले भएको थियो, न भोली कहिले हुनसक्छ'- मुख्य मन्त्री पौडेल

अदालतले टीका लगाइदिएर अहिलेको सरकार बनेको आरोप

| साउन २०, २०७८ बुधबार

फाइल फोटो सडक उत्घाटनमा मुख्य मन्त्री पौडेल
A A A
A A A

२० साउन,रामेछाप । बागमती प्रदेशकार मुख्य मन्त्री डोरमणी पौडेलले अहिलेको प्रदेश सरकारले गरेजती काम ईतिहासमा कुनै सरकारले गर्न नसक्ने दाबी गरेका छन् । खाँडादेवीमा सित्खा-मन्थली जोड्ने सडक उत्घाटन गर्दै उनले 'भने यो साँढे तीन वर्षमा संघीय सरकार र प्रदेश सरकारले गरेको जति काम न हिजोको ईतिहास छ । नभोलीका दिनमा कुनै ईतिहासले गर्न सक्छ्न् । त्यो कुनै पनि सरकारले सक्दैन् ।' 

 


संघीयता कार्यन्वयन् गर्ने पहिलो कार्याभार आफूहरुलाई रहेको स्मरण गर्दै मुख्य मन्त्री पौडेलले पहिलो वर्ष पूर्वधार निर्माणमा खर्चिएको बताए । ' प्रदेशमा दुई वर्षमै विकास अनगिन्ति गर्न सकेको उनको दाबी छ ।

 

उनले भने 'हामी आउदाँ भुईमा बसेर काम गर्नु पर्यो । बाँकि दुई वर्षमा पनि कोरोना महामारीले सतायो योबीचमा पनि हामीले गरेका काम र ३० वर्ष अगाडीका सरकारले गरेको कामलाई तुलना गर्नै नमिल्ने गरि काम गरेका छौं ।'


प्रदेशको विकास हेर्नलाई रामेछाप जिल्लालाई मात्रै हेरे पुग्ने दाबी गरे । ईतिहास देखि नै एमालेले धेरै काम गर्ने जिकिर गरे । दुई वर्षमा रामेछापमा ६४ किलो मिटर कालोपत्रै भएकोमा खुसी व्यक्त गर्दै उनले भने 'कुनै दिन संघीय सरकारले एक वर्षमा ४० किलोमिटर मात्रै सडक कालोपत्रे गरेको बताए ।

 

उनले रामेछाप जिल्लामा आगामी दुई वर्षमा साँडे २ सय किलोमिटर सडक  कालोपत्रे हुन्छ ।' जहाँ एमाले हुन्छ त्यहाँ विकास हुन्छ उनले भने ।'

 
उनले अहिले सरकार अदालतले टीका लगाइदिएर बनेको आरोप लगाए । 

यो पनि पढ्नुहोस्-'तीन वर्षमा हामीले गरेका जति काम ईतिहासमा न कहिले भएको थियो, न भोली कहिले हुनसक्छ'- मुख्य मन्त्री पौडेल