'यो वर्ष रामेछापमा सात वटा पुल बन्छन्'–मन्त्री ढुङ्गेल (भिडिओ)

| साउन २१, २०७८ बिहिबार

A A A
A A A

२१ साउन, रामेछाप । रामेछाप जिल्लाका विभिन्न सडकहरुमा यस वर्ष सात वटा सडक पक्कि पुल भन्नेभएका छन् । केही पुल बनी सकेको बताइएको छ । 


रामेछापको सदरमुकाम मन्थलीमा एक कार्यक्रममा बोल्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेटबाट जिल्लाका विभिन्न स्थानीय तहमा सातवटा पुल बन्ने बताए ।

 

'रामेछापमा सडकको कुरा गर्दा मुगिटार-मन्थली, खाँडादेवी, दोरम्बा, सुनापति र गोकुलगंगा गाउँपालिकाका विभिन्न खोलामा ठाउँ पुल बन्दै छन् । दुई तीन वटा त हामीले बनाई सक्यौं मन्त्री ढुङ्गेलले भने ।' 


उनले रामेछाप जिल्ला विकास निर्माणमा तिवृ गतिमा अगाडी बढेको दाबी गरे । उनले खेलकुद्, शिक्षा,कृषि, स्वास्थ्य क्षेत्रमा जिल्लामा उल्लेख काम गर्न प्रदेश सरकार सफल भएको जिकिर गरे । एमालेको सरकारले गरेको काम देख्न नसकेर केही मान्छेहरु जलिरहेको टिप्पणी गरे ।