सैपुमा पौडेलको घरमा आगोलागी हुँदा तीन घर जलेर नष्ट (फोटोफिचर)

| साउन २१, २०७८ बिहिबार

फाइल फोटो पदम तामाङ्को फेस्बुकबाट साभार
A A A
A A A

२१ साउन,रामेछाप  । रामेछापको लिखु तामाकोसी गाउँपालिका सैपुमा आगोलागी हुदाँ तीन घर जलेर नष्ट भएका छन् । 

 


बिहीबार दिउँसो आगोलागी हुँदा अगुवा कृषक चन्द्र बहादुर पौडेलको घरसति तीन घर जलेर नष्ट भएको वडा अध्यक्ष पदम तामाङले जानकारी दिए ।  उनका अनुसार पौडेलको  घरमा आगलागी हुँदा ३ वटा घर सहित घरमा भएका अन्नबाली लगाएत सबै सामाग्री जलेका हुन् । 

 

आगोलागीमा परि आधुनिक बाख्राको खोर पूर्ण रुपमा नष्ट भएको हो ।

 

आगो के कारणले लागेको खुलेको छैन ।  

 


 आगो  भने नियन्त्रणमा लिएको छ । घटना बारे थप जानकारी आउन बाँकि छ ।