राणजोर खोलाको शिर घ्याप्चेमा सुख्खा पहिरो गयोः आसपासका बासिन्दा त्रासमा

| साउन २३, २०७८ शनिबार

फाइल फोटो घ्याप्चेौको पहिरो
A A A
A A A

२३ साउन,रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ४ स्थित् रनजोर खोलाको शिरको रुपमा रहेको घ्याप्चेमा सुख्खा पहिरो गएको छ । 

 


शुक्रबार दिउँसो पानी नपर्दै ठूलो सुख्खा पहिरो गएको हो । सामान्यतया हिउँद महिनामा व्यापक पहिरिने र पहिरेर जम्मा भएको ढुङ्गा माटो वर्षा यामको घ्याप्चे केन्द्रित (अनेत्र आसपास पानी पर्नु अघि र नपर्दा पनि) हुने भिषण वर्षाले बाढीको रुपमा बगाँउदै तटिय क्षेत्रलाई तहसनहस बनाएर तामाकोसीमा मिसाउने गर्दथ्यो। यसले तटिय क्षेत्रमा अवस्थित सयौं रोपनी खेतीयोग्य जमिनलाई समेत बगाएको छ  । 


घ्याप्चेको पहिरोको उच्च जोखिम्म जिल्लाको सदरमुकाम मन्थली असपासका वस्ती तथा बजारहरु छन् । 


शुक्रबार दिउँसो सुख्खा पहिरो खस्दा मन्थली नगरपालिका वडा नम्बर ४ गैराथोक गाउँ पहिरोको उच्च जोखिममा परेको छ ।

 

दिउँसो करिब एक हेक्टर क्षेत्रफलमा फैलिएको पहिरो खस्दा आसपासका बस्तीका मानिसहरु रातभरी त्रासमा बसेका हुन् । घ्याप्चेको पहिरोका कारण तत्काल २ सय परिवार विस्थापित हुने अवस्थामा पुगेका स्थानीयहरुले गुनासो गरेका छन् । यद्यपी राति पानी नपर्दा केही सहज भने भएको उनीहरुले बताए ।